पृथ्वीराजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध – Nepal Press

पृथ्वीराजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध

तनहुँ । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ एस्काभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएकाले सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *