चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरोमा पुरिएर एकैपरिवारका तीन जनाको मृत्यु
नेपाल प्रेस
२०७९ असोज २१ गते ७:२९
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका- २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए ।
उनले नेपालप्रेससँग भने, ‘राति १२ बजे पहिरो खसेको रहेछ । अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’
तस्बिर : राेशन दानी
प्रतिक्रिया
सम्बन्धित खवर