एमाले-जसपाबीच चुनावी तालमेल हुने भएपछि यी क्षेत्रमा विरोध सुरु – Nepal Press

एमाले-जसपाबीच चुनावी तालमेल हुने भएपछि यी क्षेत्रमा विरोध सुरु

जनकपुरधाम । नेकपा एमाले-जसपाबीच गठबन्धन गर्ने करिब सहमति भइसकेको अवस्थामा जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्षले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

धनुषा क्षेत्र नम्बर २ मा पर्ने जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले एमालेसँगको गठबन्धन नमान्ने चेतावनी सामाजिक संजालमार्फत दिएका हुन् ।

उनले आफ्नो मोवाइल नम्बर सार्वजनिक गर्दै भनेका छन्, ‘धनुषा प्रतिनिधि सभा क्षेत्र २ र प्रदेशसभा २ (क )को लागि हामीहरु जासपा-एमाले गठबन्धन विरुद्धको तयारीमा एक हौं ।’

धनुषा क्षेत्र नम्बर २ मा जसपासँग गठबन्धन भएपनि केहिदिन अगाडी मात्र एमालेमा प्रवेश गरेका पूर्वमन्त्री उमाशंकर अरगरिया चुनाव लड्ने निश्चित छ । अरगरिया जसपा र लोसपा हुँदै एमालेमा गएर चुनाव लड्ने भएकाले जसपाका गाउपालिका अध्यक्ष बगावत गर्ने धम्की दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर