कैलालीमा दुई प्रहरी कुटिए, तीन जना पक्राउ – Nepal Press

कैलालीमा दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलाली । कैलालीमा दुई जना प्रहरी कुटिएका छन् । जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा गए राति ११ बजेतिर प्रहरीमाथि कुटपिट भएको हो । टीकापुर नगरपालिका वडा नं. १ शिव नगर बस्ने १५ वर्षका विकाश चौधरीमाथि नयाँलायकपुर शिविरमा अपरिचित युवकले आक्रमण गरेको खबर सुनेर प्रहरी पुगेका थिए ।

प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी नगराई अबेरसम्म दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको बारे बुझ्दा प्रहरी जवान जनक ठकुल्ला र वीरेन्द्र वडमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कुटपिटबाट ठकुल्लाको टाउकोमा चोट लागेको छ । घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा न. ३ का लक्ष्मण चौधरी, राम चौधरी र आशा राम चौधरी रहेका छन् । प्रहरी कुटपिटमा अन्यको पनि संलग्नता हुन सक्ने भन्दै फरार रहेकाहरूको पनि खोजी भइरहेको डिएसपी जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर