कस्ता व्यक्ति उम्मेदवार बन्न पाउँछन् ? हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति – Nepal Press

कस्ता व्यक्ति उम्मेदवार बन्न पाउँछन् ? हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ उम्मेदवार बन्नेहरुको लागि योग्यता तय गरेको छ ।

आयोगले असोज २३ गते हुने मनोनयनमा नेपाली नागरिकले मात्रै मनोनयन दर्ता गर्न पाउने जनाएको छ ।

यस्तै कुनैपनि गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, २५ वर्ष उमेर पूरा एको हुनुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी संघीय कानूनले अयोग्य नभएको र कुनै पनि लाभको पदमा बहाल नरहेको व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने आयोगले जनाएको छ ।

लाभको पद भन्नाले निर्वाचन वा मनोनयनबाट पूर्ति गरिने राजनीतिक पदबाट कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पद हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर