नेता खड्काको चेतावनी : कांग्रेसको गढ अन्य दललाई दिइए ठूलो क्षति हुन्छ (भिडिओ) – Nepal Press

नेता खड्काको चेतावनी : कांग्रेसको गढ अन्य दललाई दिइए ठूलो क्षति हुन्छ (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका नेता भरत बहादुर खड्काले गठबन्धनका नाममा कांग्रेसको गढ अन्य दललाई बुझाउने काम भएको बताएका छन् । शेखर-गगन पक्षको भेलामा सहभागी नेता खड्काले कांग्रेसको वर्चस्व भएको क्षेत्रमा गठबन्धनको उम्मेदवार दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘जहाँ कांग्रेसको वर्चस्व छ त्यहाँ गठबन्धनको उम्मेदवार दिइएको छ । त्यहाँका मतदाताहरू ३० औँ हजार ४० औँ हजार त्यसमा मत दिने पक्षमा छैनन् । त्यो संवेदनशीलतालाई पार्टी सभापतिले अझै बुझ्नु पर्छ’, उनले भने ।

२३ गते मनोनयन दर्ता गर्ने समय सिमा तोकिएको छ । खड्काले अझै केही दिन बाँकी रहेको भन्दै सभापति शेरबहादुर देउवालाई सुधार गर्न सुझाव दिए ।

‘२ दिन समय छ अझै पनि सुधार गर्नुपर्छ । ती ठाउँमा कांग्रेसकै उम्मेदवारहरूलाई टिकट दिँदा कांग्रेसलाई फाइदा हुन सक्छ । यदि त्यसो नभए भने कांग्रेसलाई धेरै ठुलो क्षति हुन्छ’ उनले भने, ‘न्यायोचित तरिकाले सन्तुलन कायम राख्ने गरि सभापतिज्यू जानुपर्छ ।’

आवश्यकता र औचित्यको आधारमा टिकट दिनु पर्नेमा उनले जोड दिए । उनले स्थानीय तहमा प्रतिशत माग नगरिएको भन्दै यस पटक सिट बाँडफाँटमा आफ्नो पक्षलाई ४० प्रतिशतको हुनु पर्नेमा जोड दिए । ‘भएन भने समस्या आउँछ । ठूलो क्षति हुन्छ’ उनले चेतावनी दिए ।

यस अघि असोज ८ गते को खबरदारी भेलामा पनि शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्नेमा उनले जोड दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर