अमलेखगञ्ज दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइयो (अपडेट) – Nepal Press

अमलेखगञ्ज दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइयो (अपडेट)

हेटौंडा । बिहीबार बिहान अमलेखगञ्जमा भएको बस दुर्घटनाका घाइते २० जनालाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ ।

हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । बसमा करिब ५० जना सवार थिए । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर