शेखर समूहका नेता भन्छन्- महत्त्वपूर्ण निर्णयहरू अन्तिम घडीमा नै हुन्छन्, नेतृत्वले न्यायोचित व्यवस्थापन गर्नुपर्छ (भिडिओ) – Nepal Press

शेखर समूहका नेता भन्छन्- महत्त्वपूर्ण निर्णयहरू अन्तिम घडीमा नै हुन्छन्, नेतृत्वले न्यायोचित व्यवस्थापन गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस शेखर गगन समूहको छुट्टै भेला सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको टिकट वितरणमा योग्य उम्मेदवार चयन गर्न पार्टीलाई दबाब दिन भन्दै भेलाको आयोजना गरिएको छ ।

भेला सुरु हुनुअघि कांग्रेस नेता वसन्तलाल तामाङले पार्टीले योग्य उम्मेदवार समान अवसर दिएर व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे ।

बैठक स्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले गुट उपगुट नभएर पार्टीमा न्यायोचित तरिकाले नेताहरूको व्यवस्थापन हुनुपर्ने बताए ।

उनले भने, ‘नेताहरूले गठबन्धन र आन्तरिक व्यवस्थापनमा न्यायोचित तरिकाले समान अवसरको सिर्जना हुने गरेर अगाडि बढ्नुपर्छ । छुट्टै भेला पार्टीलाई दबाब दिन हो । पार्टीका योग्य साथीहरूलाई बिना भेदभाव व्यवस्थापन हुनुपर्छ भन्ने माग पनि हो ।’

मनोनयन दर्ताका लागि तीन मात्रै समय बाँकी रहेको अवस्थामा छुट्टै भेलाले नेतृत्वलाई दबाब पुग्ला त भन्ने प्रश्नमा उनले महत्त्वपूर्ण निर्णयहरू अन्तिम घडीमा नै हुने गरेको स्मरण गराए ।

उनले भने, ‘महत्त्वपूर्ण निर्णयहरू अन्तिम घडीमा नै हुने हो । न्यायोचित गरीकाले समान अवसर दिएर पार्टीले निर्णय गर्छ भन्ने विश्वास छ ।’

उनले स्थानीय तह निर्वाचनको परिणाम अनुसार कांग्रेस पहिलो पार्टी भएको दाबी गर्दै गठबन्धन दलमा सीट बाँडफाँटको निर्णय पनि सोही हैसियतअनुसार हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर