नारायणगढ- मुग्लिन सडकखण्ड संचालनमा – Nepal Press

नारायणगढ- मुग्लिन सडकखण्ड संचालनमा

काठमाडौं । लगातारको वर्षाले अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड संचालनमा आएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका स्थित १८ किलो भन्ने स्थानमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन—नारायणगढ सडकखण्डको सवारी आवागमन पहिरो हटाइए सँगै सञ्चालनमा आएको छ ।

पहिरो खसेको ५ घण्टापछि सडकखण्ड संचालनमा आएको चितवन प्रहरीले जानकारी दिएको छ । सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर