प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त – Nepal Press

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि सकिँदैछ।

उनीहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्रज्ञा परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।

प्राज्ञ डा देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *