जापानले देख्यो नेपालका ७१ जिल्ला जोखिमपूर्ण, चुच्चे नक्साबारे अनजान कि जानाजान ? – Nepal Press

जापानले देख्यो नेपालका ७१ जिल्ला जोखिमपूर्ण, चुच्चे नक्साबारे अनजान कि जानाजान ?

काठमाडौं । जापानको विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेब पेजमा नेपालको पुरानो नक्सा अपलोड गरेको छ । सेप्टेम्बर १३ तारिख नेपाल भ्रमण गर्न चाहने आफ्ना नागरिकहरुलाई लक्षित गरी नेपालका जोखिमपूर्ण क्षेत्रहरु जानकारी गराउन जारी गरेको विवरणमा नेपालको पुरानो नक्सा अपलोड गरेको हो ।

विदेश मन्त्रालयको कुटनीतिक त्रुटी हो या नियतबस उसले नेपालको नयाँ नक्सालाई मान्यता नदिएको हो भन्ने बारेमा केही खुलेको छैन । तर जापान र भारतबीचको कुटनीतिक सम्बन्ध राम्रो भएकाले जापानले जानाजान पुरानो नक्सा अपलोड गरेको हो कि भन्ने संसय भने पैदा भएको छ ।

टोकियो स्थित नेपाली दुतावासले भने सेप्टेम्बर १४ तारिखनै यसबारे जापानको विदेश मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको बताएको छ। ‘यसबारे मन्त्रालयलाइ जानकारी गराइ सकिएको छ’ दुतावासका उप नियोग प्रमुख अम्बिका जोसीले भने ‘दुतावासका तर्फबाट लिखित र मौखिक दुवै माध्यमबाट जानकारी गराएका छौ ।’

जापानका लागि नेपालका पूर्व राजदुत मदन भट्टराईले विदेश मन्त्रालयको वेब साइटमा पुरानै नक्सा अपलोड हुनुलाई दुई देशबीचको ‘कम्युनिकेसन ग्याब’ का रुपमा लिन पर्ने बताउँछन् ।

‘जापान र नेपालबीच कुनै त्यस्तो समस्या नभएकाले त्यसलाई कुटनीतिक त्रुटीभन्दा पनि हाम्रा तर्फबाट सूचना प्रवाहमा कमजोरी भएको हो कि भनेर हेर्नुपर्छ’ भट्टराइले भने ‘हिजो संविधान जारी हुँदा सबै भन्दा पहिले जापानले समर्थन गरेकाले नया नक्सालाइ अस्विकार गर्ने भन्ने कुरा आउदैन ।’

७१ जिल्ला जोखिमपूर्ण जिल्लामा सूचीकृत

जापानले नेपालका ७१ जिल्लालाइ जोखिमपूर्ण जिल्लाको सूचीमा राखेको छ । मन्त्रालयले आधिकारिक वेब साइटमा सूचना अपडेट गर्दै कैलाली, बझाङ्ग लगायतका जिल्लामा अनाबश्यक यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह समेत गरेको छ ।

माओवादीको चन्द समुहका कारण बाजुरा, अछाम, बाँके, सुर्खेत, जुम्ला, सल्यान लगायतका जिल्लामा आबश्यक परे मात्र यात्रा गर्न अनुरोध गरेको हो । नेपालको तराइ क्षेत्रमा सरकार बिरोधी र चरमपन्थी समूहको प्रभाव भएकाले प्रयाप्त सावधानी अपनाउन पर्ने विदेश मन्त्रालयले जानेको छ ।

त्यस्तै नेपालमा बन्द र आम हड्ताल भैरहेको र बन्दको बाहनामा यातायात व्यवस्थालाई ठप्प पार्ने र हिंसात्मक गतिविधि हुने गरेको पनि मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर