सन्दीपका वकिल भन्छन्- सिंगै राज्यसत्ता उनकोविरुद्ध लाग्यो, हामीसँग भेट्न समेत दिएन (भिडिओ) – Nepal Press

सन्दीपका वकिल भन्छन्- सिंगै राज्यसत्ता उनकोविरुद्ध लाग्यो, हामीसँग भेट्न समेत दिएन (भिडिओ)

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले सिंगै राज्यसत्ता उनकोविरुद्ध नियोजित रुपमा लागेको आशंका व्यक्त गरेका छन् । सन्दीपले आफ्ना वकिलमार्फत प्रहरीमा आत्मसमर्पण गर्न खोजे पनि उनलाई विमानस्थलबाट हतकडी लगाएर सिधै गौशाला चौकीको हिरासतमा लगिएको उनले बताए ।

कानून व्यवसायीले भेट्न पाउने अधिकार समेत खोसिएको र त्यसपछि सिधै स्वास्थ्य परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको उनले बताए । वकिलले भेट्न निवेदन लेख्नुपर्ने प्रहरीले बताएको थियो ।

सन्दीप निकै निराश,हताश र राज्यनै उनको विरुद्ध लागेको मनस्थितिमा रहेको घिमिरेले बताए ।

उनले यसो भने-

कानुनी प्रकिया शुरु भएको छैन । सन्दीप लामिछानेले आज आफूलाई गौशाला प्रहरीसँग आत्मसमर्पण गर्ने योजना थियो । उहाँले पहिले नै पत्राचार गरेर म समर्पण गर्दैछु भनेर गौशाला प्रहरी वृतमा खबर गरिसक्नुभएको थियो । उहाँको कानुन व्यवसायी भएको नाताले मलाई पनि यो प्रकियामा आइदिन आग्रह गरेको थियो ।

कुराकानी भएअनुसार म विहानै यहाँ (गौशाला प्रहरी वृत) आए र गौशाला प्रहरीको टोली पहिले नै एअरपोर्टमा बसिसकेको हुनाले त्यहाँ जान सम्भव रहेन । उहाँले यही भेट्न सकिन्छ भनेको भएर यही कुरेर बस्यौ । जहाज केही समय आकाशमै फन्को लगायो । उहाँ आइसकेपछि पक्रेर ल्याउनुभयो । भेट्न दिइएन ।

एउटा निवेदन लिएर आउनुस् भनेको भएर निवदेन लिएर आउँदा आउँदै सन्दीपलाई मेडिकलको लागि लगेको थाहा पाए । करिब डेढ दुई घण्टा मेडिकल गर्न लाग्ने भन्ने बुझियो । सन्दीप लामिछानेले यो अनुसन्धानमा आफूले सहयोग गर्छु भन्नुभएको छ । र उहाँलाई सहयोग गर्न पनि हामीले कानुनी प्रकिया अगाडि बढाउँछौं ।

अहिले त उहाँहरुले मेडिकल गर्नुहुन्छ होला त्यसपछि उहाँलाई म्याद थप गरेर बयान लिने काम हुन्छ । हामीले बुझे अनुसार अदालत बन्द भएकाले उनलाई यही गौशाला प्रहरी वृतमा राखिन्छ । प्रहरीले गोपनीयता कायम गरेको देखिएन सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले उहाँले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरिराख्नुभएको छ।


प्रतिक्रिया

One thought on “सन्दीपका वकिल भन्छन्- सिंगै राज्यसत्ता उनकोविरुद्ध लाग्यो, हामीसँग भेट्न समेत दिएन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर