खराब मौसमको प्रभावः भैरहवाबाट काठमाडौं उडेकाे जहाज जनकपुर अवतरण – Nepal Press

खराब मौसमको प्रभावः भैरहवाबाट काठमाडौं उडेकाे जहाज जनकपुर अवतरण

रूपन्देही ।भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान ३ घण्टा पछि मात्र काठमाडौंमा अवतरण गरेको छ ।

मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । खराब मौसमका कारण काठमाडाैं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा  जनकपुरमा अवतरण गराइएको बताइएको छ ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।

सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *