बाढीको बितण्डा: दाङमा एक जनाको मृत्यु – Nepal Press

बाढीको बितण्डा: दाङमा एक जनाको मृत्यु

दाङ । अविरल वर्षापछि आएकाे  बाढीले बगाउँदा एकजनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका- १५ का ४८ वर्षीय मदन डाँगीलाई सोही ठाउँको त्रिवेणी खोलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी विरबहादुर वलीले जानकारी दिए । उनका अनुसार बुधबार राति १० बजे छोरा लिन ससुराली जानेक्रममा डाँगीलाई खोलाले बगाएको हो ।

त्यसैगरी तुलसीपुर-घोराही सडकखण्डमा पर्ने गुर्जेखोलामा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका- १० का ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको एसपी वलीले जानकारी दिए । उनका अनुसार चौधरीलाई बिहिबार दिउँसो १२:२५ बजे खोलाले बगाएको छ । उनको उद्दारका लागि प्रहरी परिचान गरिएपनि अहिलेसम्म फेला परेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर