चितवनको माडी आसपासमा अति भारी वर्षा, बाढी आउन सक्ने चेतावनी – Nepal Press

चितवनको माडी आसपासमा अति भारी वर्षा, बाढी आउन सक्ने चेतावनी

काठमाडौं ।पछिल्लो ३ घण्टामा चितवनको माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भएको छ ।

मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचना अनुसार माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भइरहेको छ ।

रिउखोला र साना खहरे खोलामा एक्कासी बाढी आउन सक्न चेतावनी दिएको छ । साथै तटिय क्षेत्र र डुबान हुने होचा स्थानमा साँझ सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *