बडादशैंमा कुस्तीको मज्जा लिन उर्लिए सर्वसाधारण (तस्बिर/भिडिओ) – Nepal Press

बडादशैंमा कुस्तीको मज्जा लिन उर्लिए सर्वसाधारण (तस्बिर/भिडिओ)

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका‌ ५ स्थित मैदानमा कुस्ती (पहलमानी) सुरु भएको छ । बडा दशैंको अवसरमा आयोजित कुस्तीको उद्घाटन गाउँपालिका अध्यक्ष शिवजी यादवले गरे ।

कुस्तीका लागि भारतको पटना, बनारस, जोधपुर लगायतका दर्जनौँ महिला र पुरुष पहलवान मेला समितिले भाडामा ल्याएका हुन् । कुस्ती हेर्न गाउँ गाउँबाट मानिसहरू उर्लिएका छन् ।

पहिले प्रायस् मेला, महोत्सव तथा चाडपर्वको कुस्ती प्रतियोगिता गराइन्थ्यो । घर घरमा पहलवान हुन्थे । तर अहिले न गाउमा पहलवान भेटिन्छन्, न कुस्ती प्रतियोगिता आयोजना गरिन्छ । अब मनोरञ्जनका लागि कुस्तीका लागि पहलवान भाडामा ल्याइन्छ ।

अहिले विरलै हुने कुस्तीमा विगत जस्तो सक्कली प्रतिस्पर्धा हुने गरेको छैन । भाडाका पहलवानहरू आपसमा नक्कली अर्थात् नाटकीय ढंगले प्रस्तुत हुन्छन् र दर्शकलाई मनोरञ्जन दिने प्रयत्न गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *