राष्ट्रपतिको दसैँ शुभकामना- राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास – Nepal Press

राष्ट्रपतिको दसैँ शुभकामना- राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा सम्पूर्ण देशबासीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपतिले दसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको बताएकी छन् । यसप्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिको रहेको छ ।

‘बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक(सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस्’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर