दार्चुलामा जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ – Nepal Press

दार्चुलामा जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ

कैलाली । प्रहरीले दार्चुलामा जुवा खेली रहेका १९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरू समेत परेका छन् ।

फरक फरक दुई स्थानमा छापा मार्दा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका ११ जनालाई र वडा नम्बर ४ स्थित बांगाबगरबाट थप ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का अध्यक्ष मोहन महरा, व्यास गाउँपालिका कार्यपालिका सदस्य असपाल बुढाथोकीसमेत छन् ।

यस्तै प्रेमसिंह बुढाथोकी, शङ्कर बुढाथोकी, सुरेन्द्र धामी, कमलसिंह धामी, नरेन्द्र सिंह ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल, इन्टुक लामा, रामसिंह कार्की, चन्द्रसिंह महरा, दानसिंह कार्की, मदनसिंह महरा, सुरेन्द्रसिंह महरा, धिरेन्द्रसिंह महरा र ध्रुवसिंह महरा पक्राउ परेका छन् ।

जुवा खेलिरहेका उनीहरूको साथबाट नगद ४ लाख ५३ हजार ४३० रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर