सिरहामा नक्कली नोटसहित भारतीय पक्राउ, चुरोट किन्दा फन्दामा परे – Nepal Press

सिरहामा नक्कली नोटसहित भारतीय पक्राउ, चुरोट किन्दा फन्दामा परे

जनकपुरधाम । सिरहाको नरहा गाउँपालिका- ५ बाट नक्कली नेपाली रूपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्लामा पर्ने भासर मछहा ग्राम पचायत- ८ भन्सार चोकका मो। निजामुदिनको छोरा वर्ष २१ को मो. रेजाउल्लाह छन् । उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ एक हजार दरको नक्कली नोट ३१ थान अर्थात् ३१ हजार बरामद भएको जनाएको छ ।

नरहा गाउँपालिका- ५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गर्दा १ हजारको नक्कली नोट दिएका थिए ।

पसल संचालकले नक्कली नोट दिएको भनी ईलाका प्रहरी कार्यालय नरहामा जानकारी गराए । त्यसपछि तत्काल घटनास्थल पुगेर प्रहरीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको थियो ।

असोज १५ गते दिउँसो पक्राउ परेका उनलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको छ । सिरहा प्रहरीका अनुसार रेजाउल्लाहको साथबाट उनको सक्कलै आधारकार्ड चाँदीको सिक्री, औठी र ब्रिसलेट १/१ थान, श्री सिताराम लेखिएको बिल २ पाना, पाईलट चुरोट १ प्याकेट र रेडमी कम्पनीको मोबाईल १ थान समेत फेला परेको छ ।‌

सिरहामा यसअघि पनि पटक पटक नक्कली नोट फेला परेको छ । पत्रकार जयनाथ यादव केहि दिन अगाडी नेपाल बैंक लिमिटेडबाटै निकालेको रकममा समेट नक्कली हजारी फेला परेको थियो ।

पटक पटक नक्कली नोट फेला पर्दा सिरहामा गिरोह नै सक्रिय बनेको देखिन्छ । तर फितलो छानबिनका कारण गिरोहसम्म प्रहरी पुग्न सकेकै छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर