प्रचण्ड चितवनबाट चुनाव नलड्ने, वाईसीएल नेताले भने- विशाल सम्भावनामाथि गम्भीर संकट आयो – Nepal Press

प्रचण्ड चितवनबाट चुनाव नलड्ने, वाईसीएल नेताले भने- विशाल सम्भावनामाथि गम्भीर संकट आयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ । प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन-३ का नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गरेका छन् ।

पनेरुले फेसबुकमा लामो स्टाटस लेख्दै देशभित्र र बाहिरका परिवर्तनविरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् ।

उनले चितवन र ३ नम्बर क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएको भन्दै यसको असर गठबन्धन र चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्ने चेतावनीसमेत दिएका छन् ।

चितवन- ३ मा कांग्रेसको भुइँकटहर समूहले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तय भइसकेको छ भने एमाले र राप्रपाका विक्रम पाण्डेबीच पनि सहकार्यको तयारी छ । सोही क्षेत्रमा रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला वााईसीएलका नेताले प्रचण्ड चितवन छाडेर अन्यत्र जान लागेको पुष्टि गरेका छन् ।

चितवनमा चुनाव लड्नु प्रचण्डका लागि जोखिम हुने भन्दै यसअघि नै गोरखामा लैजाने पहल भइरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर