हड्डी अड्किएर चितवनमा एकको मृत्यु – Nepal Press

हड्डी अड्किएर चितवनमा एकको मृत्यु

चितवन ।  मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा हड्डीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया

One thought on “हड्डी अड्किएर चितवनमा एकको मृत्यु

  1. मासु भनेकै शरीर मारेर प्राप्तहुने चिज हो । अरुलाई मारेर खाँदा आफ्नै ज्यान गयो ।
    तसर्थ , मासु खान छोडौ ।
    मासुले शरीर राम्रो गर्छ भन्ने भ्रममात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *