कांग्रेसमा विधिको कुरा उठाएपछि बाहिर जानू भन्दै वृद्ध जिल्ला सदस्यमाथि यसरी जंगिए इन्द्र बानियाँ (भिडिओ) – Nepal Press

कांग्रेसमा विधिको कुरा उठाएपछि बाहिर जानू भन्दै वृद्ध जिल्ला सदस्यमाथि यसरी जंगिए इन्द्र बानियाँ (भिडिओ)

हेटौँडा । नेपालीहरुको महन पर्वको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ कांग्रेस मकवानपुरका जिल्ला सदस्य एव्म वयोवृद्ध नेता रामप्रसाद न्यौपानेमाथि जंगिएको भिडियो भाइरल भएको छ ।

भिडियोमा बानियाँले ८१ वर्षका नेता न्यौपानेमाथि ‘तपाईं बाहिर जानुुस, भन्दै हप्काएको सुनिन्छ ।’ नेपाली कांग्रेस मकवानपुर क्षेत्र नंबर २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘ख’को आयोजनामा मनहरीमा भएको कार्यक्रममा अतिथि रहेका न्यौपानेले मन्तव्य दिने क्रममा बानियाँ निकटका व्यक्तिलाई मात्र स्थान दिएको भन्दै पार्टीमा अनुशासन सकिएको बताएपछि बानियाँ रिसले आगो भएको देखिन्छ ।

जिल्ला सचिव भिमसेन महतले बोलिरहँदा मञ्चमा बानियाँ र न्यौपानेको बिबाद बढेपछि महतले आफ्नो भनाईलाई तुरुन्तै सकेका थिए ।
‘मञ्चमा म मन्तव्य दिँदै थिए, मञ्चमा एक्कासी विवाद बढेको सुनेपछि मैले मन्तव्यलाई छोटो बनाएर सकिहाले–महतले भने ।’

मञ्चमा रहेका न्यौपाने बाले पनि भेला नै विथोलिने भएपछि बोल्न हुँदैनथ्यो र प्रदेश सभापतिले पनि सहनसक्ने क्षमता देखाउन पर्दथ्यो या सम्झाउन पर्दथ्यो भन्दै महतले कार्यक्रममा हुने यस्ता गतिविधिले कार्यकर्ता निराश हुने बताए ।

इन्द्र बानियाँले हप्पाएको भिडियो भाइरल भएपछि कांग्रेसकै कार्यकर्ताहरुले बानियाँको रबैयाको सामजिक सञ्जाल मार्फत बिरोध जनाएका छन् । उनीहरुले बयोवृद्ध नेतामाथि बानियाँले अपमान गरेको भन्दै चुनावको मुखमा भएको यस्तो क्रियाकलापले बानियाँलाई फाइदा नपुग्ने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसमा विधिको कुरा उठाएपछि बाहिर जानू भन्दै वृद्ध जिल्ला सदस्यमाथि यसरी जंगिए इन्द्र बानियाँ (भिडिओ)

  1. चौधरीको दलाल, लुटेराले फुर्ति धेरै देखायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर