कांग्रेसकाे उम्मेद्वार छनाेट मापदण्ड- स्थानीय चुनावमा उठेकालाई संघ र प्रदेशकाे टिकट नदिने – Nepal Press

कांग्रेसकाे उम्मेद्वार छनाेट मापदण्ड- स्थानीय चुनावमा उठेकालाई संघ र प्रदेशकाे टिकट नदिने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गतेको निर्वाचनको लागि उम्मेदवारको मापदण्ड तयार गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको मापदण्ड तयार गरेको गरेको हो ।

जसमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने उल्लेख गरिएको छ ।

त्यसबाहेक उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइनेछ निर्णय गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा समानुपातिक तर्फका केही नामहरू हेरफेर गरिएको समेत उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लङ्घन गरेका र कारबाहीको प्रक्रियामा रहेकालाई पनि सक्रिय हुन आग्रह गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आगामी असोज २० गते बिहान ९ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर