शक्तिपीठहरूको दर्शनमा राष्ट्रपति भण्डारी – Nepal Press

शक्तिपीठहरूको दर्शनमा राष्ट्रपति भण्डारी

काठमाडौं । महाअष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नक्साल भगवतीको दर्शन गरेकी छन् ।

नवरात्रको आठौँ दिन देशभरिका शक्तिपीठहरूमा महाअष्टमी पर्व मनाइरहेका बेला राष्ट्रपति भण्डारीले दर्शनका लागि नक्साल भगवती पुगेकी हुन् ।

यसअघि भण्डारीले महाष्टमीको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ गरेकी थिइन् । त्यहाँ दर्शनपछि उनले मन्दिर परिक्रममा समेत गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर