पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहनले लिए कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता – Nepal Press

पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहनले लिए कांग्रेसको बन्दसूचीबाट नाम फिर्ता

जनकपुरधाम । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवले नेपाली कांग्रेसले बुझाएको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने भएका छन् ।

संविधानसभा सदस्य समेत रहेका नेता यादवले कांग्रेसको बन्द सूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

पार्टीले कायम गरेको विधि विपरित बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा नाम पेश गरिएकोले आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए ।

कांग्रेसले बन्द सूचीमा यादवको नाम मधेसीतर्फ ३ नम्वरमा राखेको बुझिएको छ । उनले भनेका छन्, ‘वरियताक्रम नमिलाई मेरो नाम ३ नम्बरमा राखिएको छ । तर २ नम्वरमा हुनुपर्थ्यो ।’

नेता यादव धनुषा, सपहीका हुन् । डा. शेखर कोइराला समूहमा रहेका उनले समानुपातिक सूचीबाट नाम फिर्ता लिई प्रत्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने स्रोतको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर