यो पटक चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा – Nepal Press

यो पटक चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभामा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएको गोरखाली जनतालाई धन्यवाद दिँदै डा. भट्टराईले यो पटक निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।

उनले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “यो पटक चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

  1. जहाँबाट लडेपनि हार्ने देखेर नलडने भनेर गफ दिने ? यस्तो अस्थिर मान्छेलाई न जनताले पत्याउँछ न कार्यकर्ताले । अब नाति खेलाएर बस्ने र भारततिर तिर्थाटनमा जाने । काम छैन तिम्रो यो देशमा र प्रचण्डलाई पनि सँगै लैजाउ देशले शान्ति पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर