प्रचण्डलाई छक्याउँदै हुम्लाका सांसद छक्कबहादुर लामा बालकोटमा, एमाले प्रवेश गर्दै – Nepal Press

प्रचण्डलाई छक्याउँदै हुम्लाका सांसद छक्कबहादुर लामा बालकोटमा, एमाले प्रवेश गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि लामा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् । उनीसहितको टिमलाई एमालेले प्रवेश गराएर टिकट दिन लागेको छ ।

यसअघि नै जिल्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिम एमालेमा प्रवेश गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर