महाअष्टमीको अवसरमा शक्तिपीठमा राष्ट्रपति, पलाञ्चोक भगवतीबाट सुरू – Nepal Press

महाअष्टमीको अवसरमा शक्तिपीठमा राष्ट्रपति, पलाञ्चोक भगवतीबाट सुरू

काठमाडौं । नवरात्र तथा बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठको दर्शन गर्ने भएकी छन् । महाअष्टमीको अवसर पारेर राष्ट्रपति भण्डारी अहिले केहीबेरमा काभ्रेपलाञ्चोकस्थित पलाञ्चोक भगवतीको दर्शन गर्न जाने तय भएको छ ।

विहान ९ बजे पलाञ्चोक भगवतीको दर्शन र पूजाआजाका लागि राष्ट्रपति जाने तय भएको राष्ट्रपतिको सचिवालयकी भवानी कार्कीले जानकारी दिइन् ।

आजै पलाञ्चोकबाट फकिएपछि अपरान्ह नक्साल भगवती, गुह्येश्वरीलगायतका शक्तिपीठको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर