पाख्रिबासको मनमोहक संसारीमाई सिमसार (तस्बिरहरू) – Nepal Press

पाख्रिबासको मनमोहक संसारीमाई सिमसार (तस्बिरहरू)

पाख्रिबास (धनकुटा) । धनकुटाको पाख्रिबास नगरपालिका-४ मा अवस्थित संसारीमाई सिमसार क्षेत्र पछिल्लो समय घुमघाम केन्द्र बन्दैछ । संखुवासभा र भोजपुर जाने राजमार्गसँगै जोडिएको पाख्रिबास बजार मुन्तिर रहेको यो ठाउँ सडकबाटै देखिने हुनाले जोकोही यात्रु लोभिन्छन् ।

१० वर्षअघि २०६९ बाट पर्यटन प्रबर्द्धनका लागि संसारीमाईमा पूर्वाधारका काम सुरू भएको हो । अहिले धनकुटाकै एक नमूना गन्तव्य बनेको बताउँछन् स्थानीयबासी कवि रोशन परियार । परियारका अनुसार सिमासार क्षेत्रमा दिनहुँजसो आन्तरिक पर्यटक बढेका छन् ।

झण्डै २५ रोपनी क्षेत्रमा फैलिएको सिमनारमा दुई पोखरी छन् । दुवैमा डुंगा सयर सुविधा छ । डुंगा सयरको प्रतिव्याक्ति १०० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक, विद्यार्थी र अपांगता भएका व्याक्तिहरूलाई ५० रूपैयाँ छुट छ । डुंगा यात्रा गर्नेलाई दुई लाखको दुर्घटना बीमाको समेत सुविधा छ ।

सर्प, हनुमान, शिवजीदेखि बुद्ध हुँदै विभिन्न मूर्तिहरू यहाँको आकर्षकणका केन्द्र हुन् । आकर्षक रेलिङ, रुखघर, पैदलपथ, चियाबगान, घोडसवारी, पिकनिकस्थल, पिङजस्ता सुविधा यहाँका विशेषतामा पर्छन् । बाँदरलगायतका केही चराहरूलाई सानो क्षेत्रमा थुनिएकोमा भने धेरैले गुनासो गर्ने गरेका छन् ।

जीवजन्तु थुनिएकोमा कवि रोशन परियार भन्छन्, ‘साँघुरो क्षेत्रमा थुनिएको बाँदर र चराहरू हेर्दा मेरो मन भतभति पोल्छ । यो सही काम भएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *