केन्द्रीय सदस्य र महानगरका उपमेयर उम्मेदवारसहित ललितपुरका माओवादी नेताहरू एमालेमा – Nepal Press

केन्द्रीय सदस्य र महानगरका उपमेयर उम्मेदवारसहित ललितपुरका माओवादी नेताहरू एमालेमा

ललितपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सरोज डंगोल र गत स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका बाबुराजा बज्राचार्यसहित ललितपुरका माओवादी नेताहरू एमालेमा प्रवेश गरेका छन् ।

शनिवार च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट माला लगाएर उनीहरू एमाले प्रवेश गरेका हुन् । बज्राचार्य माओवादीबाट गठबन्धनको उपमेयर उम्मेदवार थिए तर ललितपुर महानगरको उपमेयरमा एमालेकी आस्था शाक्य निर्वाचित भइन् ।

सोही कार्यक्रममा ललितपुर महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादीका केन्द्रीय सहकारी विभाग सदस्य तथा ललितपुर जल्ला बचन संघका अध्यक्ष रामहरी बजगाईँ,गत चुनावमा महानगरको १६ र २० नम्बरका वडाध्यक्ष उम्मेदवार राजेन्द्र शाक्य र धनबहादुर महर्जन समेत एमाले प्रवेश गरेका छन् ।


प्रतिक्रिया

One thought on “केन्द्रीय सदस्य र महानगरका उपमेयर उम्मेदवारसहित ललितपुरका माओवादी नेताहरू एमालेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *