भद्रकालीमा भक्तजनको घुइँचाे (तस्बिरहरु) – Nepal Press

भद्रकालीमा भक्तजनको घुइँचाे (तस्बिरहरु)

काठमाडौं । बडादशैं लागेसंगै देवीका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठ र देवी मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो।

आश्विन शुक्ल पक्षमा शक्तिपीठमा गई पूजा आराधना एवम् साधना गरेमा देवी प्रसन्न भई मनोकामना पूर्ण गर्नका लागि भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ ।

काठमाडौँ उपत्यकाका शक्तिपीठहरु नक्साल भगवती, कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, गुह्येश्वरी मन्दिर सहित उपत्यका बाहिरको पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।

दर्शनार्थीहरु दुर्गादेवीको पूजा र दर्शनका लागि शक्तिपिठमा पुगेका छन् । आज भद्रकालीमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *