कांग्रेसकाे बीउ मासिन नदिने भन्दै भण्डारीले भने- बन्दसूची सच्याएरै छाड्छाैं, चार वर्षमा नेतृत्व लिन्छाैं (भिडिओ) – Nepal Press

कांग्रेसकाे बीउ मासिन नदिने भन्दै भण्डारीले भने- बन्दसूची सच्याएरै छाड्छाैं, चार वर्षमा नेतृत्व लिन्छाैं (भिडिओ)

रूपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाइ नभएको बताएका छन् । कांग्रेसभित्र अहिले गलत अभ्यास भइरहेको भन्दै यसमा खबरदारी गर्न कार्यकर्तालाई उनको आग्रह थियो । कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसंगै रगत प्रयोग भैरहेको भन्दै उनले कांग्रेसको बिउ बाँच्नुपर्ने त्यसका लागि दवाव जरूरी भएको बताए ।

‘कांग्रेस सिद्धिनुभएन, राजाका बेला नसिद्धिएको, माओबादीका बेला नसकिएको, लुकेर दुवै झैं भोट हाल्ने कांग्रेसलाई अहिले आफ्नैबाट समस्यामा परेको भन्दै भण्डारीले कांग्रेस बनाउने अधिकार छ तर बिगार्ने अधिकार कसैलाइ पनि छैन’, उनले भने ।

भण्डारीले भने, ‘कांग्रेस बिगार्ने पार्टीभित्रकै दुष्ट हुन्,वा बाहिरका वा कम्युनिष्टका दुष्ट यी सबै देशका दुष्ट हुन् ।’ छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित वडादसैं, दीपावली, छठ, नेपाल सम्बत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहरनले कांग्रेस अबको चार बर्षपछि आफूहरुको नेतृत्वमा आउने समेत ठोकुवा गरे ।

उनले मंसिर चारमा सही नेतृत्व छनोट गर्न र नेता छान्नेबेला जनताले प्रश्न गरेर मात्रै भोट हाल्नुपर्ने बताए । कांग्रेस नेतृत्वलाइ बेलैमा खबरदारी गर्न पार्टी कार्यकर्तालाइ उनको आग्रह थियो । एमालेले हरेक प्रश्नको जवाफमा वृद्धभत्ताको रटान मात्रै गर्ने गरेको टिप्पणी गर्दै उनले उनीहरुको एजेण्डा नै नभएको र अरुलाइ गाली गर्ने काम मात्रै भएको आरोप लगाए ।

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबण्डा र परिवारबाद लादिएको भन्दै त्यो आफुहरुलाइ कदापी मान्य नहुने समेत चेतावनी दिए । उनले समानुपातिकको सूची सच्चाएरै छाड्ने र बिवादित मान्छेलाइ सुचीबाट हटाउने समेत दाबी गरे । देशमा प्रधानमन्त्री बन्छु भन्ने धेरै भएपनि उनीहरुका एजेण्डा प्रष्ट नआएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर