वागमती प्रदेशमा आजबाट सवारी साधनमा ‘टाइमकार्ड’ लागू, कहाँकाे लागि कति समय ? (तालिकासहित) – Nepal Press

वागमती प्रदेशमा आजबाट सवारी साधनमा ‘टाइमकार्ड’ लागू, कहाँकाे लागि कति समय ? (तालिकासहित)

हेटौँडा । चाडपर्व नजिकिएसँगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्लंघनसमेत बढ्न गई हुन सक्ने सवारी दुर्घटनालाई न्युनिकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न वागमती प्रदेशअन्तर्गतका प्रमुख राजमार्गहरुमा ‘टाइमकार्ड’ लागू गरिएको छ ।

सिन्धुली जिल्ला हुँदै जाने बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखि नै टाइमकार्ड लागू भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि लागू वागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।

प्रहरीले आजैबाट मुग्लिङ नारायणगढ खण्ड, पूर्वपश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल देखि दोलालघाटसम्म र बीपी राजमार्गको मंगलटारदेखि काभ्रे भञ्ज्याङसम्म टाइमकार्ड लागू गरिएको रेग्मीको भनाई छ । टाइमकार्ड लागू गरिएका राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर