राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा कांग्रेस सहमहामन्त्री डीनाका पति दिनेश नियुक्त – Nepal Press

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा कांग्रेस सहमहामन्त्री डीनाका पति दिनेश नियुक्त

हेटौँडा । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त भएका छन् । मकवानपुरका उपाध्याय नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का श्रीमान हुन् । नेपाली कांग्रेस मकवानपुरका नेतासमेत रहेका उपाध्यायलाई नेपाल सरकारले नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको बैठकले पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो । मन्त्रीपरिषदको नियुक्तिबारे नेपाल प्रेससँग कुरा गर्दै उपाध्यायले आफूलाई सरकारले ४ वर्षको कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरेको बताए ।

चार वर्षको कार्यकालमा बीमा क्षेत्रमा रहेका समस्या समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाई छ । पाँच सदस्यमध्ये अहिले अध्यक्षमात्र नियुक्त भएको र बाँकी सदस्यहरु छिट्टै टुंगो लागेपछि काम सुरु गर्ने उनले बताए ।


प्रतिक्रिया

One thought on “राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा कांग्रेस सहमहामन्त्री डीनाका पति दिनेश नियुक्त

  1. नेताका आफन्त पोस्ने काम । त्यो क्षेत्र बुझेको होस् वा नहोस् मतलव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर