बर्दियामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु, चालक फरार – Nepal Press

बर्दियामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् ।

मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *