क्यान्डिडेट मास्टर थापाको विजयी सुरुवात – Nepal Press

क्यान्डिडेट मास्टर थापाको विजयी सुरुवात

काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनसिपका विजेता थापाले बिहीबार भएको पहिलो चरणको खेलमा कुवेतका अलमुहाइनी अब्दुलाजिजलाई पराजित गरेका हुन् ।

९ चरणसम्म हुने प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ हुने दोस्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिस्पर्धा गर्नेछन् ।

फिडे रेटिङ २ हजारभन्दा कम भएका र अधिकतम फिडे मास्टरसम्मको टाइटल प्राप्त खेलाडी सहभागी रहेको प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अक्टोबर ५ सम्म चल्ने प्रतियोगितामा एसियाका २० देशका १४६ जना खेलाडीको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर