एमालेले संशोधित बन्दसूची भोलि बुझाउने, थपघटको जिम्मा अध्यक्ष ओलीलाई – Nepal Press

एमालेले संशोधित बन्दसूची भोलि बुझाउने, थपघटको जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको बन्दसूची हेरफेर गर्ने भएको छ । नेताहरुसँग छलफल गरि हेरफेर  गरेकाे संशोधित बन्दसूची भोलि बुझाउने भएको हो ।

बिहीबार राति मध्यरात सम्म बसेको बैठकले केही बन्दसूची हेरफेर गरी भोलि बुझाउने तयारी भएको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । बन्दसूची थपघटको जिम्मा पार्टी  अध्यक्ष केपी शर्मा ओलीलाई दिएकाे  छ ।

उनले भने, समानुपातिकको लगभग लगभग टुंगो लागिसक्यो । अस्तिन हामीले जे लिस्ट तयार पारेको थियौं । वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्यूलाई आवश्यक थप घट गर्न सक्ने अधिकार प्रत्यायोजन गरेका छौं । त्यस्तो परिस्थिति पर्यो भने बरियाताक्रम पनि तोक्नुपर्छ नि यो सबै तोकेर अन्तिम निर्णय गरेर निर्वाचन विभाग मार्फत निर्वाचन आयोगमा प्रस्तुत गर्ने काम चाहिँ केन्द्रिय हेडक्वार्टरले गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौं ।

एमालेले यसअघि समानुपातिक निर्वाचनतर्फको बन्दसूची असोज ३ मा बुझाएको थियो । उनका अनुसार हिजोको बैठकले प्रत्यक्ष तर्फको भने टुंगो लागेको छैन ।

१६५ सिटमा कोको उम्मेदवार हुन सक्छन् भनेर छलफल गरेपनि टुंगो लगानइनसकेको उनले बताए ।

‘हामीले मापदण्ड तोकेका छौं । पहिलो मापदण्ड केहो भने जो लोकप्रिय छ त्यसैलाई हाम्रो प्राथमिकता छ । कुनै व्यक्ति भर्खर आएको भएपनि त्यहाँको परिस्थितिले दिन सकिन्छ । कुनव्यक्ति कहिलेआएको भनेर भन्दा पनि तल जिल्ला समितिहरुबाट जे सिफारिस भएर आएका छन् र ती सिफारिस भएर आएका नामहरुबाट कम्पाइल गरेर त्यसमध्ये हामीले स्कृन गरेर कार्यदलले पेश गरेको छ । त्यसमा हामीले आवश्यक छलफल गरेर टुंगो लगाउँछौं ।’ अर्को बैठक २१ वा २२ गते बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर