सिटबारे गठबन्धनमा सहमति नभएको भन्दै उपेन्द्र यादवको चेतावनी- जसपालाई वैशाखीको आवश्यकता छैन – Nepal Press

सिटबारे गठबन्धनमा सहमति नभएको भन्दै उपेन्द्र यादवको चेतावनी- जसपालाई वैशाखीको आवश्यकता छैन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आसन्न संसदीय निर्वाचनमा कुनै पार्टीको वैशाखीको आवश्यकता नरहेको बताएका छन् ।

क्षेत्र बाँडफाँट गर्न सत्ता गठबन्धनमा सकस परेको बेला जसपा अध्यक्ष यादवले निर्वाचनमा एक्लै जान सक्षम रहेको बताएका हुन् । धनुषाको शहिदनगर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशी आदिवासी लगायतका उत्पीडित वर्गको सम्मान हुनेगरी सिट बाँडफाँट भए मात्र गठबन्धन गर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलिय गठबन्धन निर्माण भएको दाबी गर्दै अध्यक्ष यादवले अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँड नभएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘गठबन्धनमा अहिलेसम्म सिटबाँटबारे कुनै सहमति भएको छैन । हल्लाको पछाडि नलागौं ।’ उनले त्रुटिपूर्ण संविधानलाई संशोधनमार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेताकार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर