‘कांग्रेस बुद्धिजिवी’लाई ओलीको प्रश्न- मान्छेहरु कसको त्रासले एमाले प्रवेश गर्दैछन् ? (भिडिओ ) – Nepal Press

‘कांग्रेस बुद्धिजिवी’लाई ओलीको प्रश्न- मान्छेहरु कसको त्रासले एमाले प्रवेश गर्दैछन् ? (भिडिओ )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सत्ता पाएको गठबन्धनले डेढ वर्षमै मुलुकलाई संकटग्रस्त बनाएको भन्दै चुनावपछि एमाले नेतृत्वको सरकार गठनका लागि देशब्यापी पार्टी प्रवेश अभियान सञ्चालन भइरहेको बताएका छन् ।

नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङसहित जिल्ला र प्रदेशस्तरीय नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले भ्रम र त्रासमा परेर अन्यत्र रहेकाहरुलाई एमालेमा प्रवेश गराइने बताए ।

ओलीले भने- विभिन्न भ्रममाा पारे, विभिन्न ढंगले वैचारिक हिसाबले र अरु हिसाबले पनि त्रासमा पारेर विभिन्न पार्टीहरुले अल्झाएर राखेका छन् उनीहरुलाई एमालेमा ल्याउनुपर्छ, सही ठाउँमा ल्याउनुपर्छ । केही समयअघि कांग्रेसका एकजना बुद्धिजिवीले बोल्दै गर्दा नेकपा एमालेमा त्रसित भएर मान्छेहरु प्रवेश गरिराखेका छन् ।

गठबन्धनबाट त्रसित भएर एमालेमा प्रवेश गरेका हुन् कि एमालेसँग त्रसित भएर भन्ने चाहिँ उनले बताएनन् ।

ओलीले जतिसुकै गठबन्धन बनेर आए पनि जनताको साथले परमादेशलाई पराजित गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर