गत २४ घण्टामा थप ५४० जनामा डेंगु संक्रमण, दुईजनाको मृत्यु – Nepal Press

गत २४ घण्टामा थप ५४० जनामा डेंगु संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

त्यस्तै, आज देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

हालसम्म साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *