घट्यो नोटको प्रयोग, बैंकिङ प्रणालीमा फर्कियो ५ अर्ब ६७ करोड – Nepal Press

घट्यो नोटको प्रयोग, बैंकिङ प्रणालीमा फर्कियो ५ अर्ब ६७ करोड

काठमाडौं । पछिल्लो समय नोटको प्रयोग घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत असारसम्म ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख रुपैयाँ बराबरका नेपाली रुपैयाँ चलनचल्तीमा थियो ।

तर, साउनमा १६ अर्ब ३७ करोड ३५ लाखले घटेको तथ्यांकले देखाएको छ । भदौमा ५ अर्ब ६७ करोड बराबरको नोट बैंकिङ प्रणालीमै फर्किएको छ।

सर्वसाधारणको हातबाट विस्तारै नगदका नोटहरु प्रणालीमा जान थालेको र नगदरहित कारोबार बढ्न थालेको देखिन्छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको भदौको विवरणअनुसार गत वर्षको दसैंयता मात्रै १ खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ बराबरका नेपाली नोट प्रणालीमा फर्किएको थियाे ।

अहिले बजारमा ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाख रुपैयाँ बराबरका नेपाली नोट चलनचल्तीमा छ । बैंक तथा वित्तीय संस्थासँग भएको पैसालाई चलनचल्तीमा गणना गरिँदैन । सर्वसाधारण, सहकारी, निजी तथा सरकारी संस्थानमा रहेको पैसालाई चलनचल्तीमा रहेको पैसा मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *