मन्दिर छिरेको आरोपमा दलितमाथि कुटपिट गरेपछि बाजुरामा वडाध्यक्ष पक्राउ – Nepal Press

मन्दिर छिरेको आरोपमा दलितमाथि कुटपिट गरेपछि बाजुरामा वडाध्यक्ष पक्राउ

काठमाडौं । मन्दिर प्रवेश गरेको निहुँमा दलितमाथि कुटपिट गरेपछि बाजुरामा एक वडाध्यक्ष पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा बाजुराकै बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट भएको भन्दै पीडित सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन् ।

सुनारले निवेदन दिएपछि वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बाजुराका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ । पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका डीएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *