लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका एक जना पक्राउ – Nepal Press

लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका एक जना पक्राउ

काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा १ जना चालकलाई आज साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो ।

बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका चालक धादिङको धुनिबेशी नगरपालिका ५ का २३ बर्षिय सुजन ढकाल लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका हुन् ।

चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टिएचसि किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिइएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर