आजै सीट बाँडफाँट टुंगो लगाउने गठबन्धनको तयारी, बैठक केही समय रोकियो – Nepal Press

आजै सीट बाँडफाँट टुंगो लगाउने गठबन्धनको तयारी, बैठक केही समय रोकियो

काठमाडौं । आम निर्वाचनका लागि सीट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठक केही समयका लागि स्थगित भएको छ ।

बुधवार बिहानैबाट जारी बैठकमा नेताहरू सीट बाँडफाँटलाई अन्तिम रूप दिने कसरतमा छन् ।

अहिले बैठक स्थलबाट माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू बाहिरिएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठक आजै फेरि बस्ने छ । आज अबेरसम्म भए पनि सीट बाँडफाँट टुंगो लगाउने गरी नेताहरू छलफलमा जुटेको ती नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर