साबा च्याम्पियनसिप : नेपालको दोस्रो जित, उपाधिका लागि अरू टिमको नतिजा कुर्नुपर्ने – Nepal Press

साबा च्याम्पियनसिप : नेपालको दोस्रो जित, उपाधिका लागि अरू टिमको नतिजा कुर्नुपर्ने

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ ।

मालेस्थित सोसल सेन्टर कभर्डहलमा सम्पन्न खेलमा नेपालले भुटानलाई ६५-२६ स्कोरले पराजित गर्‍यो ।

यस अघि, पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१-४७ स्कोरमा पराजित भएको नेपालले मङ्गलवार दोस्रो खेलमा श्रीलंकालाई ५५-४९ ले हराएको थियो ।

दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको प्रतियोगिताको शीर्ष टीमले उपाधि जित्नेछ ।

अब उपाधिका लागि नेपालले अरू टिमको नतिजामा निर्भर हुनुपर्ने छ ।

श्रीलंका र माल्दिभ्स तथा माल्दिभ्स र भुटानबीच खेल हुन बाँकी रहेको छ ।

श्रीलंकाले आज राति माल्दिभ्सको सामना गर्नेछ भने, प्रतियोगिताको अन्तिम खेलमा माल्दिभ्सले बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *