चेसका महान खेलाडी कार्ल्सेनको आरोप- मलाई ‘चिट’ गरेर हराइयो – Nepal Press

चेसका महान खेलाडी कार्ल्सेनको आरोप- मलाई ‘चिट’ गरेर हराइयो

लन्डन । विश्व चेसका महान खेलाडी मानिने म्याग्नस कार्ल्सेनले भर्खरै आफूलाई पराजित गरेका एक खेलाडीले चिटिङ गरेको आरोप लगाएका छन् । तर, ती खेलाडीले कसरी उनलाई ‘चिटिङ’ गरेका थिए भन्ने खुलाएका छैनन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै म्याग्नसले हान्स नायम्यानमाथि त्यस्तो आरोप लगाएका हुन् । गत महिना सिंकफिल्ड कपमा १९ वर्षीय हान्सले कार्ल्सेनलाई हराएका थिए । उक्त हारले कार्ल्सेनको ५३ खेलको अपराजित यात्रा टुंगिएको थियो । कार्ल्सेन विश्व च्याम्पियन हुन् ।

कार्ल्सेनले यसअघि पनि यस्तो आरोप लगाउँदै आएका थिए । तर, नायम्यानले आरोपको खण्डन गर्दै आएका छन् । आफ्नो करियरमाथि दाग लगाउने षड्यन्त्रका रुपमा कार्ल्सेनले त्यसो भनिरहेको दाबी नायम्यानको छ ।

गत महिना नायम्यानसँग हार व्यहोरेपछि कार्ल्सेनले ६ चरणको खेल बाँकी रहँदा प्रतियोगिता छाडेका थिए । त्यसपछि उनले फुटबल प्रशिक्षकले ‘यदि म बोलें भने ठूलो समस्यामा पर्छु’ भन्दै बोलेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

गत साता भएको अनलाइन प्रतियोगितामा नायम्यानसँग पहिलो चाल चलेपछि कार्ल्सेनले छाडेका थिए । चेसमा हुने चिटिङलाई गम्भीर रुपमा लिइनुपर्ने कार्ल्सेनको माग छ ।

‘म निराश छु । म राम्रा प्रतियोगितामा माथिल्लोस्तरको चेस खेल्न चाहन्छु । मलाई लाग्छ नायम्यानले पछिल्लो समय मसँग धेरैभन्दा धेरै चिटिङ गरेका छन्’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर