धर्नापछि छलफलमा जुट्यो शेखर समूह, थप रणनीति बनाउने – Nepal Press

धर्नापछि छलफलमा जुट्यो शेखर समूह, थप रणनीति बनाउने

काठमाडौं । पार्टी मुख्यालयमा एक घण्टासम्म मौन धर्ना बसेका शेखर कोइराला समूहका नेताहरू छलफलमा जुटेका छन् ।

आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र समान अवसर र न्याय माग गर्दै नेताहरू संघर्षमा छन् ।

धर्नापछि कोइरालाले नेताहरूलाई बोलाएर बत्तीसपुतलीस्थित एक होटेलमा छलफल गरिरहेका छन् ।

नेता कोइरालाले संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलमा महामन्त्री गगन थापालगायत नेताहरू भने छैनन् ।

पार्टीमा उम्मेदवार चयन र गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा नेता कोइराला भने विराटनगर गएर बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर