नेपाल-भारत सीमाको हेल्पडेस्क प्रभावकारी बनाउने विषयमा छलफल – Nepal Press

नेपाल-भारत सीमाको हेल्पडेस्क प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । नेपाल-भारत सीमामा आवतजावतको सहजताका लागि हेल्प डेस्कलाई प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ ।

मंगलबारदेखि सुरू सीमा सुरक्षा समन्वय बैठकमा दसैँलगायतका चाडपर्वका बेला मात्र राखिने त्यस्ता हेल्पडेस्कलाई अन्य समयमा पनि राख्ने विषयमा कुराकानी भएको छ । हाल नेपाल-भारत सीमा क्षेत्रमा ११५ वटासम्म हेल्प डेस्क राखिएको छ । हेल्प डेस्कमा नेपाली पक्षबाट दुईजना बस्छन् ।

‘विभिन्न बहानामा भारतीय पक्षबाट हुने सास्तीलाई कम गर्न हेल्पडेस्कलाई बलियो बनाउन लागिएको हो’, मंगलबारदेखि जारी दुई दिवसीय बैठकमा नेपालबाट सहभागी एक अधिकृतले भने ।

बैठकमा भारततर्फबाट सीमा सुरक्षा बल (एसएसबी) प्रमुख र नेपालतर्फबाट एपीएफ महानिरीक्षकले नेतृत्व गरिरहेका छन् ।

बैठकमा सीमामा हुने विवाद, अपराध नियन्त्रण पनि एजेण्डा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर