नेपाली मुलकी परिजिता द भ्वाईस अमेरिकाका सबै जजलाई फर्काएर नेपाल सम्झाउँदै बाँडिन् रुद्राक्षको माला – Nepal Press

नेपाली मुलकी परिजिता द भ्वाईस अमेरिकाका सबै जजलाई फर्काएर नेपाल सम्झाउँदै बाँडिन् रुद्राक्षको माला

काठमाडौं । नेपाली मुलकी अमेरिकी परिजिता बास्तोलाले चर्चित गायन रियालिटी सो द भ्वाईसका चारै जना निर्णायकलाई फर्काउन सफल भएकी छिन्। ब्लाइन्ड राउन्डमा बुधबार राती परिजिताले लब्रिन्थको ‘जेलस’ गित गाउँदै १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काएकी थिइन्। सुरुमा फर्कने निर्णायक जोन लिजेन्ड थिए।

लिजेन्डले पछि आफु बसिरहेको ठाउँबाट उठेर परिजितालाई सुनेका थिए। मेरिल्यान्डस्थित सेभिर्ना पार्कमा परिवारसँग बस्दै आएकी १७ वर्षीय परिजिताको उमेर सुनेर निर्णायक छक्क भएका थिए।

उनले तिमीलाई कस्तो किसिमको संगित मन पर्छ भन्ने प्रश्नमा आफु द भ्वाईस अमेरिकामा अडिसन दिने पहिलो नेपाली–अमेरिकी भएको बताउँदै नेपाली सम्पदालाई आफ्नो गायन र संगितमा ल्याउन मन पराउने बताएकी थिइन्।

आमा, बुबा र आन्टिसहित अडिसनमा सहभागी हुन गएकी परिजिताले आफुलाई साथ दिन अभिभावकले रेस्टुरेन्ट बन्द गरेर आएको बताइन्। लिजेन्डले राम्रो कलाकार त्यो हो जसले आफ्नो मौलिकता (नेपालीपन)लाई विश्व संगितमा फैलाउन खोज्छ भन्दै परिजिताको प्रशंसा गरेका थिए। अन्त्यमा नेपालबाट ल्याइएको भन्दै उनले रुद्राक्षको माला चारै जना निर्णायकलाई दिएकी थिइन्।


प्रतिक्रिया

One thought on “नेपाली मुलकी परिजिता द भ्वाईस अमेरिकाका सबै जजलाई फर्काएर नेपाल सम्झाउँदै बाँडिन् रुद्राक्षको माला

  1. भिडियो पनि खोजेर राख्न सकेको भए झनै राम्रो हुनेथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *