दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक – Nepal Press

दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक

काठमाडाैं । असोजको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।  मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन,आदि लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा कलाकार सौगात र दयाविचको मित्रता र दुई नायिकासँग दुई साथीको प्रेमलाई देखाइएको छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन् ।

चलचित्रमा बुद्दि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामाको पनि अभिनय देख्न सकिनेछ भने सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।
दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक

असोजको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन,आदि लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा कलाकार सौगात र दयाविचको मित्रता र दुई नायिकासँग दुई साथीको प्रेमलाई देखाइएको छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन् ।

चलचित्रमा बुद्दि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामाको पनि अभिनय देख्न सकिनेछ भने सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *